गढी राइडर्सको विजय सुरुवात :दिपेश उत्कृष्ट

डिजिटल गढी निर्माण अभियान को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघ को आयोजना भएको प्रदेश नं १ कै पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता वाई वाई डिजिटल गडी प्रिमियर लिग आज बाट सुरु भएको छ ।
आजको पहिलो दिन को खेल मा गडी राइडर्स र छिटाहा टाइगर्स बीच भएको थियो ।गडी राइडर्स का लागि दिपेश कँडेलको घातक बलिङ संगै ६ विकेटको जित गडी राइडर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
टस जितेर फिल्डिङ रोजेको गडी राइडर्स ले छीटाहा टाइगर्स ले जवाफी ब्याटिङ गर्ने क्रममा ११ ओभर ४ बलमै सम्पूर्ण विकेट गुमाएर मात्र ६६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।
झिनो लक्ष्य बनाउने क्रममा छीटाहा टाइगर्सका लागि निरज ठाकुर ले सर्वाधिक १८ रन बनाउन सफल भएका थिए , त्यस्तै हिमांशु शाह ले १५ बलमा १३ रन बनाएका थिए।
छीटाहा टाइगर्सलाई संस्तै मा समाट्ने क्रममा गडी राइडर्स का दिपेश कँडेल ले ३ओभर ५ बल गर्दै ८ रन दिँदै ६ विकेट लिएका थिए त्यसै गरी प्रशान्त साहले २ , सुभानकर ले १ विकेट लिएका थिए ।झिनो लक्ष्य पछ्याउन उत्रेको गडी राइडर्स ले आफ्नो ४ विकेट गुमाउँदै लक्ष्य पछ्याउन सफल भएको थियो। गडी राइडर्सका लागि दिपक पासवान ले १२ ,प्रशान्त यादव ले १२ रन बनाए ।
खेलको म्यान अफ द म्याच दिपेश कँडेल घोषित भए।
यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन् । छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले प्रतिस्पर्धा गर्नेछन् ।यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन् ।
तालिका अनुसार भोलि दुई खेल हुनेछ पहिलो खेल भमरि वारियर्स र मधेलि च्यालेनजर बीच हुनेछ भने दोस्रो खेल छापकी सुपर किङ्स र गडी राइडर्स बीच हुनेछ।

वाई वाई डिजिटल गडी प्रिमियर लिगको पहिलो खेल गडी राइडर्स र छिटाहा टाइगर्स बीच हुने ।

डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुन गाइरहेको प्रदेश नं १ कै पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियरमनतालिका अनुसार  पहिलो खेलमा  आज गडी राइडर्स र छिटाहा टाइगर्स बीच प्रतिस्पर्धा दिउँसोको १ बजे हुने छ।

वाई वाई डिजिटल गडी प्रिमियर लिगको तालिका सार्वजनिक: पहिलो खेलमा गडी राइडर्स र छिटाहा टाइगर्स भिड्ने।

डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुन गाइरहेको प्रदेश नं १ कै पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ ।तालिका अनुसार   पहिलो खेलमा गडी राइडर्स र छिटाहा टाइगर्स बीच प्रतिस्पर्धा हुने भएको छ।


प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि फाइनल भइसकेको छ । यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन् । छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले प्रतिस्पर्धा गर्नेछन् ।


तालिका अनुसार चैत्र २५ देखि सुरु  हुने प्रतियोगिता बैशाख १ मा सकिनेछ । जसमा समूहको शीर्ष दुई स्थानमा हुने टिमले फाइनलमा स्थान बनाउने छन् ।खेल गडी रंगशालामा हुनेछ।

डिजिटल गडी प्रिमियर लिगको मुख्य प्रायोजकमा वाई वाई ग्रुप आबद्ध : वाई वाई डिजिटल गडी प्रिमियर लिग।

डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुन गाइरहेको प्रदेश नं १ कै पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगमा मुख्य प्रायोजकको रुपमा चौधरी ग्रुपमा आधारित वाई वाई ग्रुप जोडिएको छ ।

नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको वाई वाई ग्रुप प्रदेश नं १ कै  पहिलो पटक आयोजना हुन लागेको  फ्र्याञ्चाईज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रीमियर लीगलाई पनि  मुख्य प्रायोजन गरेर समाजिक उत्तरदायित्व अभियान अन्तर्गतको काममा संलग्न भएको हो कम्पनीको भनाइ छ ।

वाई वाई कम्पनीको  तर्फबाट मार्केटिङ चिफ रवीन्द्र मास्के  र सुनसरी  क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताको रकम भने खुलाइएको छैन् । दुई पक्षको सहमति अनुसार अहिलेलाई सम्झौता रकम नखुलाईएको अध्यक्ष चेतनाथ पौडेलले जानकारी दिए ।

सम्झौता अनुसार प्रतियोगितामा वाई वाई कम्पनीको  ब्रान्डिङ गर्नुपर्ने छ । चैत २५  गतेदेखि सुरु हुन लागेको डिजिटल गडी प्रीमियर लीगको  तयारी पनि तीब्र गतिमा अघि बढेको छ ।

प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि फाइनल भइसकेको छ । यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका  छन्।

डिजिटल गडी प्रीमियर लीगको तयारी तिब्र गतिमा : प्रतियोगिता आउन मात्र चार दिन बाँकी ।

डिजिटल गडी निर्माण समितिको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुन गइरहेको  प्रदेश नं १ कै पहिलो फ्र्याँचाईज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिग  दोस्रो संस्करण यही चैत्र २५ देखि वैशाखको १ गते सम्म हुँदै छ । अब प्रतियोगिता आउन मात्र चार दिन बाँकी छ।

प्रतियोगिताको तयारी तिव्र गतिमा हुँदै आयोजकको भनाई छ।
ग्राउन्डको मर्मत देखि सजावटको कामहरु तिव्र गतिमा हुँदै छ।

यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका  छन्।

प्रतियोगिता तयारीको केही तस्बिरहरू :

डिजिटल गडी प्रिमियर लिग खेल हुने मैदान।

“डिजिटल गडी प्रिमियर लिगकाे” नयाँ मिति तय : चैत्र २५ देखि बैशाख १ गतेसम्म ।

डिजिटल गडी निर्माण समितिको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघ को व्यवस्थापनमा हुन लागेको प्रदेश नं १ कै पहिलो फ्रयाइनचाईज क्रिकेट प्रतियोगिता ‘डिजिटल गडी प्रिमियर लिग’ प्रतियोगिता प्राविधिक कारणले गर्दा चैत्र १८ देखि हुने भनिएको प्रतियोगिता  केही दिन का लागि स्थगित गरिएको थियो ।

त्यसै क्रममा डिजिटल गडी प्रिमियर लिगका आयोजक कमिटी ले नयाँ मिति तय गरिएको छ। नयाँ मिति अनुसार डिजिटल गडी प्रिमियर लिग को दोस्रो संस्करण यही चैत्र २५ देखि वैशाखको १ गते सम्म हुने भएको छ। खेल तालिका छिटै प्रकाशित गरिने आयोजक कमिटी को भनाइ छ।

यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका  छन्।

डिजिटल गडी प्रिमियर लिग प्राविधिक कारणले केही दिनका लागि स्थगित

डिजिटल गडी निर्माण समितिको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघ को व्यवस्थापनमा हुन लागेको प्रदेश नं १ कै पहिलो फ्रयाइनचाईज क्रिकेट प्रतियोगिता ‘डिजिटल गडी प्रिमियर लिग’ प्राविधिक कारणले गर्दा केही दिन का लागि स्थगित गरेको जानकारी डिजिटल गडी प्रिमियर लिगको आयोजक कमिटीले जानकारी गरेको छ।

डिजिटल गडी प्रिमियर लिगको नयाँ मिति छिटैनै नयाँ तालिका सहित प्रकशित गर्ने आयोजकको भनाइ छ। यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन्।

भारतको बिहार क्रिकेट संघको पदाधिकारिहरु संग सुनसरी जिल्लाको क्रिकेट विकासको लागि छलफल।

प्रदेश नं १ को पहिलो   फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगको तयारीको क्रममा हिजो भारतको बिहारमा अवस्थित “ग्रीन भ्याली क्रिकेट मैदान”मा बिहार क्रिकेट संघ का पदाधिकारिहरु संग क्रिकेट को विकास र प्रबन्धनको लागि छलफल भएको छ।

सुनसरी जिल्ला क्रिकेट संघ का अध्यक्ष चेतनाथ पौडेल ज्यू ,प्रदेश नं १ राष्ट्रिय खेलकुद विकास बोर्ड का कार्यकारी सदस्य विप्लव घोष ज्यू साथै प्रदेश नं १ का क्रिकेट प्रशिक्षक महेश प्रसाद रिजाल ज्यू हरुले बिहार क्रिकेट संघ का पदाधिकारि संघ भेटवार्ता गर्नु भयो।

भारतको अवस्थित बिहार क्रिकेट संघ का पदाधिकारी हरु संग लिएको तस्बिर।
भारत को ग्रीन भ्याली क्रिकेट मैदान अगाडि लिएको तस्बिर।