गढी राइडर्सको विजय सुरुवात :दिपेश उत्कृष्ट

डिजिटल गढी निर्माण अभियान को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघ को आयोजना भएको प्रदेश नं १ कै पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता वाई वाई डिजिटल गडी प्रिमियर लिग आज बाट सुरु भएको छ ।
आजको पहिलो दिन को खेल मा गडी राइडर्स र छिटाहा टाइगर्स बीच भएको थियो ।गडी राइडर्स का लागि दिपेश कँडेलको घातक बलिङ संगै ६ विकेटको जित गडी राइडर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
टस जितेर फिल्डिङ रोजेको गडी राइडर्स ले छीटाहा टाइगर्स ले जवाफी ब्याटिङ गर्ने क्रममा ११ ओभर ४ बलमै सम्पूर्ण विकेट गुमाएर मात्र ६६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।
झिनो लक्ष्य बनाउने क्रममा छीटाहा टाइगर्सका लागि निरज ठाकुर ले सर्वाधिक १८ रन बनाउन सफल भएका थिए , त्यस्तै हिमांशु शाह ले १५ बलमा १३ रन बनाएका थिए।
छीटाहा टाइगर्सलाई संस्तै मा समाट्ने क्रममा गडी राइडर्स का दिपेश कँडेल ले ३ओभर ५ बल गर्दै ८ रन दिँदै ६ विकेट लिएका थिए त्यसै गरी प्रशान्त साहले २ , सुभानकर ले १ विकेट लिएका थिए ।झिनो लक्ष्य पछ्याउन उत्रेको गडी राइडर्स ले आफ्नो ४ विकेट गुमाउँदै लक्ष्य पछ्याउन सफल भएको थियो। गडी राइडर्सका लागि दिपक पासवान ले १२ ,प्रशान्त यादव ले १२ रन बनाए ।
खेलको म्यान अफ द म्याच दिपेश कँडेल घोषित भए।
यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन् । छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले प्रतिस्पर्धा गर्नेछन् ।यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन् ।
तालिका अनुसार भोलि दुई खेल हुनेछ पहिलो खेल भमरि वारियर्स र मधेलि च्यालेनजर बीच हुनेछ भने दोस्रो खेल छापकी सुपर किङ्स र गडी राइडर्स बीच हुनेछ।

Leave a Comment