डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुन गाइरहेको प्रदेश नं १ कै पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ ।तालिका अनुसार पहिलो खेलमा गडी राइडर्स र छिटाहा टाइगर्स बीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि फाइनल भइसकेको छ । यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका छन् । छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले प्रतिस्पर्धा गर्नेछन् ।
तालिका अनुसार चैत्र २५ देखि सुरु हुने प्रतियोगिता बैशाख १ मा सकिनेछ । जसमा समूहको शीर्ष दुई स्थानमा हुने टिमले फाइनलमा स्थान बनाउने छन् ।खेल गडी रंगशालामा हुनेछ।

