डिजिटल गडी प्रिमियर लिगको मुख्य प्रायोजकमा वाई वाई ग्रुप आबद्ध : वाई वाई डिजिटल गडी प्रिमियर लिग।

डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुन गाइरहेको प्रदेश नं १ कै पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगमा मुख्य प्रायोजकको रुपमा चौधरी ग्रुपमा आधारित वाई वाई ग्रुप जोडिएको छ ।

नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको वाई वाई ग्रुप प्रदेश नं १ कै  पहिलो पटक आयोजना हुन लागेको  फ्र्याञ्चाईज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रीमियर लीगलाई पनि  मुख्य प्रायोजन गरेर समाजिक उत्तरदायित्व अभियान अन्तर्गतको काममा संलग्न भएको हो कम्पनीको भनाइ छ ।

वाई वाई कम्पनीको  तर्फबाट मार्केटिङ चिफ रवीन्द्र मास्के  र सुनसरी  क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताको रकम भने खुलाइएको छैन् । दुई पक्षको सहमति अनुसार अहिलेलाई सम्झौता रकम नखुलाईएको अध्यक्ष चेतनाथ पौडेलले जानकारी दिए ।

सम्झौता अनुसार प्रतियोगितामा वाई वाई कम्पनीको  ब्रान्डिङ गर्नुपर्ने छ । चैत २५  गतेदेखि सुरु हुन लागेको डिजिटल गडी प्रीमियर लीगको  तयारी पनि तीब्र गतिमा अघि बढेको छ ।

प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि फाइनल भइसकेको छ । यस प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका छन् भने कुल ९५ खेलाडी लाई पाँच टिमले अकक्सन मार्फत बाट भित्र्याएका  छन्।

Leave a Comment