प्रदेश नं १ को पहिलो फ्र्याञ्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगको तयारीको क्रममा हिजो भारतको बिहारमा अवस्थित “ग्रीन भ्याली क्रिकेट मैदान”मा बिहार क्रिकेट संघ का पदाधिकारिहरु संग क्रिकेट को विकास र प्रबन्धनको लागि छलफल भएको छ।
सुनसरी जिल्ला क्रिकेट संघ का अध्यक्ष चेतनाथ पौडेल ज्यू ,प्रदेश नं १ राष्ट्रिय खेलकुद विकास बोर्ड का कार्यकारी सदस्य विप्लव घोष ज्यू साथै प्रदेश नं १ का क्रिकेट प्रशिक्षक महेश प्रसाद रिजाल ज्यू हरुले बिहार क्रिकेट संघ का पदाधिकारि संघ भेटवार्ता गर्नु भयो।

